www.tandavnews.com
Fact ~ In search of truth

नेकपा (एस) रोजेसँगै सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दिए राजीनामा

बागमती ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकाे बताइएको छ ।

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।

Batas

प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.