www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विपद् : पहिरोले पुरिएर ३ को मृत्यु, १ बालक बेपत्ता

जीवन सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

पोखराका विभिन्न स्थानमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । १ बालक बेपत्ता भएका छन भने ५ घाइते भएका छन् ।

कास्की प्रहरीका अनुसार बुधवार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा मनिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् ।

Batas

यसैगरी पोखरा–११ भन्ज्याङ नमूनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएकी छन् ।

श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै पोखरा–११ बसेरीमा एक घर पहिरोमा पुरिदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिष घाइते भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.