www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा आज बस्दैछ डिसिएमसीको बैठक, सिडिओ भन्छन् ‘निषेधाज्ञा केही खुकुलो बनाउने तयारीमा छौँ’

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी गरेको छ । आज (बिहिबार) दिउँसो २ बजे बस्ने जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसिएमसी) बैठकले संक्रमणको दर हेरेर केही खुकुलो र सहज बनाईने प्रमुख जिल्ला अधिकार थानेश्वर गौतमले ताण्डव न्यूजलाई बताए ।

‘ठ्याक्कै काठमाडौं कै जस्तै चाँही हुदैन ।अलिकति संक्रमण दर घटेको छ’, उनले भने, ‘नेशनल एभरेज १३ प्रतिशत भैरहदा हाम्रो ३५/४० प्रतिशत अझैपनि पोजेटिभ केश नै छ । त्यसैले काठमाडौं जस्तो पुरै खोलीहाल्न हुदैन कि भन्ने छ । तर अलि खुकुलो गर्ने हो आज हामी मिटिङ बस्छौ ।’ उनले आजको वैठक पश्चात थप खुकुलो र सहज बनाउन तयारी रहेको दोहोर्याए । प्रजिअ गौतमले बैठक पश्चात कुन कुन व्यवसाय खोल्न मिल्ने नमिल्ने बारे समेत निष्कर्ष निकाल्ने जानकारी दिए ।

Batas

जिल्ला प्रशासन कार्यालय कास्कीले लागु गरेको स्मार्ट लकडाउन भोली (शुक्रबार) मध्यराती १२ बजे सकिदैछ । त्यसपछिको निर्णयका लागि भने आज दिउँसो २ बजे जिल्ला कोभिड¬–१९ व्यवस्थापन समिति (डिसिएमसी) बैठक बस्दैछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.