www.tandavnews.com
Fact ~ In search of truth

अर्घाखाँचीमा भएको दुर्घटनामा १ को मृत्यु, ८ घाइते

ताण्डव

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।

काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगंगा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।

Batas

घाइतेमध्ये २ को अवस्था गम्भीर छ । घाइते ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ ।

विंगर दुर्घटना

गएराति ११ बजेतिर कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरमा म १ ज ३१९ नम्बरको विंगर र से १ ह २५१० नम्बरको अटो ठोक्किँदा घाइते भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले सिआइएनलाई जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी अटोमा सवार कैलाली घोडाघोडी नगरपालिका ९ का २४ वर्षका युवराज चौधरी, २६ वर्षका भिगम चौधरी र १९ वर्षका जितेन चौधरीको मृत्यु भएको हो ।

यस्तै अटो चालक घोडाघोडी नगरपालिका ९ का २२ वर्षका सुरेश चौधरी, २४ वर्षका दिपेन्द्र चौधरी, २० वर्षका असान्त चौधरी र ३० वर्षका हरी चौधरी घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । विंगर सहचालक कन्चनपुर बेदकोटका २५ वर्षका धनु रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालकले विईङगर चलाएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.