www.tandavnews.com
Fact ~ In search of truth

इपिएल २०२१ मा ‘पोखरा राइनोज’

नयाँ लोगो र जर्सी सार्वजनिक

ताण्डव न्युज

नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभेरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज देखिने भएको छ । लिगको यस अघिका सबै सिजनमा सहभागी राइनोजको यसपटक उपाधि जित्ने लक्ष्य रहेको छ । यसपालिको लिगका लागि राइनोजले आफ्नो नयाँ लोगो र नयाँ रंगसहितको परिवर्तित जर्सी सार्वजनिक गरेको छ ।

जर्सीको प्रायोजन सेभेन–अ ब्राण्ड वाई एमएस धोनीले गरेको हो । त्यस्तै, मुख्य प्रायोजकमा सौर्य सिमेण्ट, जगदम्बा सुपर साइन रहेको छ भने अधिकारिक प्रायोजकमा मित्सुुबिसी मोटर्स, एड्नोक र कान्तिपुर मिडिया रहेका छन् । हस्पिटालिटीको प्रायोजनमा याक एण्ड यती काठमाडौं तथा क्लोज क्याम्प पार्टनरमा हायात रिजेन्सी रहेका छन् ।

Batas

आगामी असोज ९ देखि २३ गतेसम्म काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि यसपटक पोखरा राइनोजसहित काठमाडौं किंग्स–११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुँदैछन् ।

यसपटकको इपिएल विजेताले नगद रु ५० लाख रुपैयाँ र उप–विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी लिगमा विभिन्न विधाका खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.