www.tandavnews.com
Fact ~ In search of truth

त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने

ताण्डव न्युज

त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गर्न आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका सबै क्याम्पस, विभाग तथा स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सम्भव भएसम्म आजदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न मातहतका निकायलाई एक सूचनामार्फत जानकारी दिएका छन् । भौतिक उपस्थितिमा कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषदले निर्णय यसअघि गरिसकेको छ ।

Batas

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भने सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने आदेश जारी गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.