www.tandavnews.com
Fact ~ In search of truth

एकैदिन रु ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ

नेपाली बजारमा आज सुनको मूल्य रु ९ सयले बढेको छ । छापावाल सुन मंगलबार रु ८९ हजार २ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज छापावाल सुनको मूल्य रु ९० हजार १ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६ सय ५० कायम गरिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला रु ८८ हजार ७ सय ५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा आज प्रतितोला रु २५ ले बढेको छ । चाँदी मंगलबार प्रतितोला रु १ हजार १ सय ४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला रु १ हजार १ सय ६५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७ सय ७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.