www.tandavnews.com
Fact ~ In search of truth

नागढुंगा स्थित तिवारी फोम हाउसमा आगलागी

ताण्डव न्यूज

पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागी भएको छ । मंगलबार राती करिब ९ बजेको समयमा आगलागि भएको पसलका सञ्चालक थानेश्वर तिवारीले जानकारी दिए ।

पसलमा आगलागि हुँदा फोम, म्याट्रेस, कुशन कार्पेट लगायतका वस्तुहरु जलेर नष्ट भएको तिवारीले बताए । ध्रुव राजभण्डारीको घर भाडामा लिएर तिवारीले पसल सञ्चालन गर्दै आएका थिए । पसलमा भएको आगलागिबाट करिब ६५ लाख बराबरको क्षति भएको उनले बताए । पोखरा महानगरको बारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको र मानवीय क्षति भने नभएको बताईएको छ ।

Batas

विगत १० वर्षअघि सुरु भएको उक्त पसल न्यूरोडमा सञ्चालित रहेकोमा १ महिना अघिमात्र उक्त ठाउँमा स्थान्तरण गरिएको थियो । चट्याङका कारण विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । तर आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.