www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकामा चुनावी सरगर्मी, सहमती हुन नसकेपछि प्यानल बनाएर चुनावी मैदानमा 

पोखरा/ताण्डव न्यूज

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्र्तगत कास्कीको माछापुच्छ्रे गाउँपालिका समितिको नेतृत्वका लागि सहमतीको प्रयास सफल नहुँदा प्यानल नै बनाएर चुनावमा होमिएका छन् । यहि असोज ९ गते हुने पालिका समितिको नेतृत्वका लागि उनीहरु चुनावी दौडधुपमा लागेका हुन् ।

समितिको सभापतीमा माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोक निवासी मधुसुदन अधिकारी सभापतीको आकाँक्षी छन् ।

Batas

त्यस्तै उपसभापतीमा सोही गाउँपालिका वडा नं ३ घाचोकका मिनबहादुर गुरुङ र वडा नं ८ ल्वाङ घलेलका रामबहादुर गुरुङले दावेदारी प्रस्तुत गरेका छन् ।

गाउँपालिकाको सचिवमा वडा नं ४ लाहाचोक निवासी केशवराज अधिकारी र वडा नं ३ घाचोक निवासी सञ्जय लम्साल चुनावी मैदानमा उभिँदै छन् ।

सोही प्यानल अन्र्तगत सहसचिव पदका लागि माछापुच्छ्रे गाउपालिका वडा नं ६ धिताल निवासी बालकृष्ण गौतमले दावेदारी प्रस्तुत गरेका छन् । हाल उनीहरु सबैले आ–आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्र पारिरहेका छन् ।

९ वटा वडा रहेको माछापुच्छ्रे गाउँपालिकामा ४५ सदस्यीय गाउँ समिति बन्नेछ । जसमध्ये १८ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने हरेक वडाबाट १ महिला सहित २७ जना चयन हुनेछन् ।

गाउँपालिकामा क्षेत्रीय प्रतिनिधि र वडा इकाई सभापती गरी १७३ जनाले मतदान गर्न पाउनेछन् । अन्तिमसम्म पनि सहमतीको प्रयास जारी रहेपनि सफल हुन नसकेपछि आफूहरु प्यानल नै बनाएर अघि बढेको सभापतीका दावेदार मधुसुदन अधिकारीले ताण्डव न्यूजलाई बताए । विगतमा पार्टी कमजोर हुँदा माछापुच्छ्रे गाउँपालिका स्थानिय तहमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको नसकेको भन्दै अधिकारीले विकास निर्माणका काममा तिव्रता दिनका लागि पनि आफू चुनावी मैदानमा उत्रिएको उनले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.