www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा ३२ अंकको गिरावट, ३ कम्पनीको सेयरमा सर्किट

काठमाडौं

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ३२ अंक बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३.४२ अंकमा पुगेको छ ।

ठूला कम्पनकिो सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ अंकमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २ सय २५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर रु ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ मूल्यमा खरिदबिक्री भयो ।

Batas

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर उकालो लागेको छ । व्यापार ११८.१३, अन्य ४.५६ र सामूहिक लगानी कोष ०.०३ अंकले बढेको छ । यस्तै बैंकिङ २०.६, होटल तथा पर्यटन ४४.१५, विकास बैंक १५५.७५, जलविद्युुत् ८२.५१, वित्त ६८.९६, निर्जीवन बिमा १०४.५७, उत्पादन १०२.९७, लघुवित्त ३८.२२, जीवन बिमा १०१.४२ र लगानी १.०९ अंकले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ७७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै अपि पावर कम्पनी रु १० करोड ८३ लाख ३२ हजार ७ सय ३०, मेगा बैंक रु १० करोड ९ लाख ५ हजार ४ सय ७०, हिमालयन डिस्टिलरी रु ९ करोड ८४ लाख ६५ हजार ८ सय २० र नेपाल पुनरबिमा कम्पनी रु ९ करोड ४० लाख ३५ हजार ८ सय ३७ बराबरको कारोबार भई शीर्ष ५ स्थानमा परेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रुरु जलविद्युत् परियोजना ६.०५ र सिभिल लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले कमाए ।

त्यस्तै गुडविल फाइनान्स ६.८६, प्रिमियर इन्स्योरेन्स ६.२९, हिमालयन पावर पार्टनर ६.२२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.६३ र वरुण हाइड्रोपावरका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाए । सेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड ८ लाख ३० हजारको हाराहारीमा ओर्लेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.