www.tandavnews.com
Fact ~ In search of truth

स्वस्थ हुँदै मेयर मानबहादुर जिसी, केहि दिनमा पोखरा आउने तयारी

पोखरा/ताण्डव न्यूज

गत श्रावण महिनाको १ गतेदेखि अस्वस्थ भई उपचाररत पोखरा महानगरका मेयर मान बहादुर जिसीको स्वास्थ्यमा सुधार आएसंगै पोखरा ल्याउने तयारी गरिएको छ । उनको स्वास्थ्यमा क्रमशः सुधार आउने क्रम जारी छ ।

मष्तिष्कघातपछि गरिएको शल्यक्रिया र त्यसपछिको कार्निओप्लाष्टीको शल्यक्रिया समेत सम्पन्न भई आज उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । मेयर जिसीका प्रेस संयोजक एवं पत्रकार माधव बरालले उनको स्वास्थ्यबारे जानकारी गराएका हुन् ।

Batas

“कार्निओप्लाष्टीको शल्यक्रिया काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना हुनुभएका पोखरा महानगरपालिकाका प्रमुख श्री मानबहादुर जिसीज्यू आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको शल्यक्रिया सफल भएको छ र टाउकोको टाँका पनि खोलिएको छ ।” बरालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उपचार र शल्यक्रियाका बारेमा समेत बरालले उल्लेख गरेका छन् ।

“कार्निओप्लाष्टी सर्जरी भनेको टाउकोको माथिल्लो भागको हड्डी प्रत्यारोपण गर्ने हो । मतिष्तस्कघातका कारण टाउकोको भित्री भाग सुन्निएपछि सो हड्डी बाहिर निकालेर उपचार गरिन्छ । भित्री घाउ ठिक भएपछि सो हड्डी प्रत्यारोपण गर्ने गरिन्छ । फिजियोथेरापी बाहेक अन्य सबै उपचार पूरा भएको छ । अब केही दिनमा प्रमुखज्यू पोखरा आउनुहुनेछ ।” बरालले लेखेका छन् ।

यद्यपी मेयर कहिले पोखरा फर्कन्छन भन्ने बारे चाहिँ यकिन नभएको संयोजक बरालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.