www.tandavnews.com
Fact ~ In search of truth

एभरेष्ट प्रिमियर लिगको प्ले अफमा चितवन, भैरहवा, पोखरा र काठमाण्डौ

पाेखरा ।

एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफ समीकरण पूरा भएको छ । मंगलबार हुने भनिएको काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्स बीचको खेल वर्षाका कारण अवरुद्ध बनेसंगै प्ले अफ समिकरणपनि पुरा भएको हो । पानीले खेल सम्भव नभएपछि दुवै टिमले १–१ अंक बाँडे । यो संगै चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स, पोखरा राइनोज र किंग्स–११ काठमाण्डौ प्ले अफमा पुगेका हुन् ।

लिग चरण सकिएसँगै चितवन टाइगर्स ८ अंकबाट शीर्ष स्थानमा रहन सफल भयो भने ७ अंकबाट भैरहवा ग्लाडियटर्स दोस्रो भयो । ७ अंकको पोखरा राइनोज रन रेटका आधारमा तेस्रो हुँदा ३ अंकको काठमाडौं चौथो भयो ।

Batas

अब बुधबार पहिलो क्वालिफायरमा चितवन र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग बिहीबार दोस्रो क्वालिफायर खेल्ने छ । बुधबारकै इलिमिनेटरमा पोखरा र काठमाडौं दिउँसो साढे १ बजे खेल्नेछन् । यसपटक उपाधि विजेताले ५० लाख रुपैयाँ जित्ने ईपीएलको फाइनल खेल शनिबार हुनेछ । उपविजेताले १५ लाख रुपैयाँ सहितको उपाधी जित्नेछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.