www.tandavnews.com
Fact ~ In search of truth

लोकदोहोरी प्रतिष्ठान जिल्ला कास्कीको २० औं साधारण सभा सम्पन्न

पोखरा, ताण्डव न्यूज

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको २० औं साधारण सभा तथा विजया दशमी दीपावली तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले प्रतिष्ठानले आयोजना गर्ने रचनात्मक र सकारात्मक काममा आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिष्ठानले नेतृत्व बिकाससँगै समय व्यवस्थापन जस्ता तालिमको आयोजना गरी प्रतिष्ठनमा आवद्ध सदस्यहरुलाई सकारात्मक र रचनात्मक कार्यमा लाग्नका लागि आयोजना गर्ने तालिमको खर्च आफूले ब्यहोर्ने उनको भनाई थियो । त्यसैगरी विष्टले छिट्टै नै विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाली लोकदोहोरी गीतप्रति आकर्षित गर्ने गरी विद्यालय स्तरीय लोकदोहोरी गीत प्रतियोगिताको आयोजना गरेको खण्डमा आफूले सक्दो सहयोग गर्ने समेत बताए ।

Batas

सो अवसरमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रमुख संरक्षक प्रजापति पराजुलीले राजनीतिक हिसाबले सबैलाई समान हुने गरी अगाडि बढेको खण्डमा जुनसुकै पार्टीको सरकार आएता पनि प्रतिष्ठानले लाभ लिन सकिने बताए । अहिले यो वा त्यो पार्टीको नेतृत्वले प्रतिष्ठान हाकि रहँदा सरकार फेरिने बित्तिकै प्रतिष्ठानप्रति हेर्ने नजर फरक परिरहेको बताउदै सम्पूर्ण पार्टीको पहुँच हुने गरी प्रतिष्ठानमा पदाधिकारीहरु राख्नुपर्नेमा उनको भनाइ थियो । त्यसैगरी पराजुलीले निकट भविष्यमा नेपालको ६६ वटै जिल्लालाई समावेश गरी भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता गर्ने उद्देश्य रहेको समेत बताए ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले कोरोना महामारीका कारण २ वर्षसम्म प्रतिष्ठानले गर्नुपर्ने काममा अगाडि बढ्न नसकेको बताउँदै आगामी दिनमा लोकदोहोरीको संरक्षण र प्रवद्र्धनका लागि केन्द्र प्रदेश र जिल्ला मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । सो अवसरमा लोकदोहोरीकी अग्रज गायिका माया गिरीलाई सम्मान गरिएको थियो भने प्रतिष्ठान जिल्ला समितिका उत्कृष्ट वर्ष सदस्य भानुभक्त पौडेल, वर्ष उत्कृष्ट अनुशासित सदस्य प्रकाश बराल, उत्कृष्ट महिला सदस्य दूर्गा क्षेत्री र अनुशासित सदस्य प्रकाश बराललाई प्रमाणपत्र, दोसल्ला र माला लगाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव माधव चापागाईंले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सविना गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान केन्द्रीय महासचिव चोलेन्द्र पौडेल, सम्मानित व्यक्तित्व माया गिरी, केन्द्रीय सचिव जीवन दाहाल, केन्द्रीय सदस्य सरला पाण्डे, प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदाल, कास्कीका पूर्व अध्यक्ष केशव देवकोटा, वसन्त बास्तोला, संचारकर्मी श्याम कुंवरलगायतले बोलेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.