www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा काेभिडबाट मृत्यु हुनेकाे संख्या बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव

गएको २४ घन्टामा कम्तीमा पनि २ सय २३ जनाको मृत्यु, ५० हजार संक्रमित

लन्डन

बेलायतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २ सय २३ जनाको ज्यान गएको छ । यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । ७ महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि २ सय ३१ जनाको ज्यान गएको थियो ।

उता यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार संक्रमित भेटिएका छन् । मंगलबार यहाँका संक्रमितहरु करिब ५० हजार जनाको नजिक पुगेको थियो । बेलायतका अधिकारीहरुले कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

Batas

बेलायतका स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन करिब ५० हजार जना संक्रमित भेटिनु र मृत्युदर पनि हरेक दिन २ सयभन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना संक्रमित भएका छन् । यो समेत गरी यहाँ संक्रमित हुनेको संख्या ८५ लाख पुगेको छ ।

महिनौँपछि यहाँ ठूलो संख्याका संक्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ७ हजार ७ सयजना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.