www.tandavnews.com
Fact ~ In search of truth

प्रधानन्यायाधीश जबराको आह्वानमा सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

काठमाण्डौँ ।

आफूमाथि लागेका आरोपका बारेमा छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दिउँसोका लागि सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।

आईतबार नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने बताएका थिए । दिउँसो साढे १ बजेका लागि पूर्ण बैठक बोलाउने बारेमा जानकारी आफूहरूलाई गराइएको बार एशोसियसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिए ।

Batas

पूर्ण बैठकमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल गर्न बार एशोसियसनको बैठक बिहान ११ बजेका लागि बोलाइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । हिजो दिउँसो बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठकले भने पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

पूर्ण बैठकका लागि ‘हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधी दिने एजेण्डा न्यायाधीशहरूलाई पठाइएको छ । आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न असन्तुष्ट न्यायाधीशहरूबीच आज पनि छलफल हुने भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.