www.tandavnews.com
Fact ~ In search of truth

जाईकाका प्रमुख र पोखरा महानगरका प्रमुख आचार्य बिच भेटवार्ता

पोखरा।
जापानी सहयोग नियोग (जाइका) का प्रमुख ओकुबो अकिमित्सु सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित महानगरको प्रतिनिधि मण्डलसंग भेटघाट गरेको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटघाटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याहरूको बारेमा छलफल भएको छ ।

पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाईकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ । सडक विभाग अन्तरगतका सहरी सडकमा लाइन विस्तार र र्पस्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले सो समस्या समाधानका लागि सम्बन्धित सरोकारवाालहरुसंग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका प्रमुख आचार्यलाई आग्रह गरेको छ ।

जवाफमा प्रमुख आचार्यले ती समस्या समाधानका लागि सडक विभाग, खानेपानी संस्थान लगायतका सरोकारवालाहरुसंग यथाशीघ्र समन्वय गरी छलफलको वातावरण तयार गर्ने बताए। खानेपानीको लाइन विस्तारका क्रममा देखिएका बाधा अड्चनहरूको तत्काल समाधान गरी पोखरेलीहरूलाई शुद्ध खानेपानी वितरण गर्ने कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए। उनले भने, “पोखरेलीहरूलाई शुद्ध खानेपानी खुवाउने महानगरको योजनामा जाईकाको योगदान अतुलनीय छ ।” यस कार्यमा कुनै प्रकारको अवरोध सृजना भए तत्काल समाधानका लागि महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गरिने प्रमुख आचार्यले बताए।

Batas

भेटघाटमा जाईकाका प्रमुख ओकुबो अकिमित्सु सहित कातो कुमिको, सुगियामा शिगेरु र इन्जिनियर हरि तिमिल्सिनाको संलग्नता थियो भने, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रशासकीय प्रमुख वीरेन्द्रदेव भारती र इन्जिनियर राजु रेग्मीको सहभागिता रहेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.