www.tandavnews.com
Fact ~ In search of truth

दलहरुबीच सहमति भएमात्र एमसिसी पास हुन्छः परराष्ट्रमन्त्री खड्का

उदयपुर

परराष्ट्रमन्त्री नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसिसी पास हुने बताएका छन् ।

गाईघाटमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसिसी भएकाले एमसिसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यसकारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसिसी पास हुन्छ।’

Batas

एमसिसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा ‘एमाले’ बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसिसी पास हुने मन्त्री खड्काले बताए ।

उनले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु ८ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराएका थिए । यस आर्थिक वर्षमा रु २ अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको उनले बताए ।

यस्तै त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.