www.tandavnews.com
Fact ~ In search of truth

एबीसी पदमार्गमा ‘हेलिकप्टर’ आतंक: पर्यटन व्यवसायीको चेतावनी,’झण्डा गाड्छौैँ, ल्याण्ड गर्न दिदैनौँ’

अर्जुन गाहा (सुशान्त)
ताण्डव न्यूज, पोखरा ।

विश्वकै लोेकप्रिय मानिने कास्कीकोे एबीसी (अन्नपूर्ण आधार शिविर) क्षेत्रमा यतिबेला हेलिकप्टरले ध्वनी आतंक मच्चाएको छ । प्रभु हेलिकप्टरले दैनिक दर्जन बढि व्यवसायिक उडान भरेसँगैै सो पदमार्गमा ध्वनी प्रदुषण बढेको होे । हेलिकप्टरको ध्वनी आतंककै कारण सो पदमार्गमा पुग्ने पर्यटकहरु आजित हुदै आएका छन् ।

पाल्पा देखि कास्कीकोे अन्नपूर्ण गाउँपालिका ११ अन्तर्गत एबीसी पुगेका आन्तरिक पर्यटक ईन्द्र बराल मगरले यात्राका क्रममा ताण्डव न्यूजसँग कुरा गर्दैै बारम्बार आउने हेलिकप्टरको कारण हैरानी व्यहोेर्न परेकोे बताए । उनले पदमार्गकोे माथी –माथी हुदैै हेलिकप्टर आवागमन गर्दे बताउदै ध्वनी आतंक मच्चाएको दोहोर्याए । ‘शान्त वातावरणमा हिडिरहेकोे बेला ठुलो आवाज सहित हेलिकप्टर घुम्नेरैछ । माथीमाथी त कान नै थुन्नपर्ने स्थिति आउँनेरैछ, उनले भने, ‘यसले पर्यटकलाई हैरान नै बनाउनेरैछ । यस्तोे आतंकले विदेशीहरु झन आजित हुन्छन नी ।’

Batas

कोेरोेना भाईरसकोे महामारी न्यूनीकरण भएसँगै जिल्ला प्रशासन कार्यालय कास्कीकोे अनुमतिमा पर्यटन व्यवस्थापन समिति छोम्रोङले गत महिनाकोे ५ गते देखि एबीसी पदमार्ग खुला गरेको थियो ।

झण्डा गाड्छौैँ, ल्याण्ड गर्न दिदैनौँः पर्यटन व्यवसायी

स्थानीय पर्यटन व्यवसायीहरुका अनुसार सो क्षेत्रमा हेलीले दैैनिक दर्जन बढि व्यवासायिक उडान भर्दै आएको छ । ‘पहिला व्यवसायिक उडान बन्द थियो । केही दिन अघिदेखि अहिले प्रभु हेलीले बारम्बार उडाएकोे छ । अरुले प्रकृया पुर्याउने भनेर अहिले बन्द गरेकोे छ तर प्रभुले अटेरी गरेकोे छ, स्थानीय क्लब सेन्चुरी युवा क्लबका अध्यक्ष तथा युवा पर्यटन व्यवसायी मिकास गुरुङले भने, ‘हामीले अनुरोध गरेका थियौै तर प्रभुले अटेरी गरेको छ । हामीले ल्याण्ड गर्न नदिने निर्णय गरेका छौै । जहाँ जहाँ हेलिप्याड छ त्यहाँ हामी तैनाथ भएर झण्डा गाड्छौ ।’

अध्यक्ष गुरुङले हेलिकप्टरलाई व्यवसायिक उडान बाहेक उद्धार तथा भिआईपीका लागि सधैे खुला गरिने बताए । ‘हामीले हेली उड्नै नदिने भनेका छैेनौै । उद्धारका लागि र भिआईपीहरुको लागि त खुला छ । रेस्क्युकोे नाममा फेक रेस्क्यु स्वीकार्य छैेन, ‘दिनमा बीस पच्चिस पटक हेली आउँदा वन्यजन्तु तथा चराहरु सबैै लुकेका छन् । बाटोेमा हिड्दा टन्नैै देखिन्थे । अहिले आवाज समेत सुन्न पाईन्न । यस्तैे होे भने एबीसीको आयु धेरै छैन । हाम्रा पिता पुर्खाले संरक्षण गरेको सम्पत्तिकोे विनाश गर्न उनीहरुलाई अधिकार छैेन ।’

अन्नपूर्ण क्षेत्रमा बारम्बार पुग्ग्ने हेलिकप्टरको भाईब्रेसनकै कारण अन्नपूर्ण आधार शिविर जोखिममा रहेकोे समेत बताएका थिए ।

के भन्छन् गाउँपालिका प्रमुख कुँवर ?

अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले दैनिक २ पटक व्यवसायिक उडान भर्न मौखिक अनुमति दिएकोे बताए । ‘कोभिडकोे कारण देशमा पर्यटनकोे खरेडी पर्याे । यस्तोे समस्या भएको मौेकामा हामी एबीसीमा केही पर्यटक लान्छौ भनेर हेलीवालाले मलाई एकपटक सोध्याथे, उनले भने, ‘आतंकित ढङ्गले लान पाईदैेन मैले भनेकोे थिए । यस्तोे बेला पनि पर्यटक आउँछन् भने केही मात्रामा दिनको २÷३ टिप लादाखेरी एबीसी खुल्यो भन्ने सन्देश जाला भनेर लिखित हैेन मौखिक भनेकोे हो ।’

स्थानीय तथा पर्यटन व्यवसायीहरुका अनुसार यही हप्तादेखि प्रभु हेलीले दैनिक करिब दर्जन बढि व्यवसायिक उडाान भर्दैै आएको छ । हेलीको आतंकसँगै स्थानीयहरु ल्याण्ड गर्न नदिने आन्दोलनको तयारीमा रहेको थाहा पाएपछि गाउँपालिका प्रमुखले सम्बन्धित निकायका प्रतिनिधिहरुलाई बैेठक बोेलाउने गाउँपालिका प्रमुख कुँवरले बताए । ‘अब हामी कार्यपालिका, पर्यटन व्यवसायी र त्यहाँका युवा क्लब बस्छौ र एउटा निकास निकाल्छौ, उनले भने, ‘दिनमा धेरैै गयोे भने हामी रोक्छौै । हेली आतंक भएर वन्यजन्तु, जनावर हिउँचितुवालाई असर गर्याे भनेर गाउँपालिकाले नै रोेकेकोे होे त । हामी फेरी सरोकारवाला सबै बसेर छिटो निकास दिन्छौै ।’

अन्नपूर्ण गाउँपालिकाले २०७५ साउनमा बसेकोे चौेथोे गाउँसभाले एबीसीकोे पर्यावरणमा असर पुर्याएको भन्दै व्यवसायिक उठान बन्द गर्ने निर्णय गरेका थियो । सो क्षेत्रमा प्रभु हेली, एअर डाईनेस्टी, सिम्रिक लगायत ८ हेली कम्पनीले उडान भर्दैै आएको थियोे । पछिल्लोे समय भने प्रभु हेलीले व्यवासायिक उडान भर्दै आतंक नै मच्चाएकोे बताईएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.