www.tandavnews.com
Fact ~ In search of truth

आज देशका पहाडी भू-भागमा मौसम बदली हुने

पोखरा, ताण्डव न्यूज

आज देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । यस्तै देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Batas

गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.