www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित

वालिङ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण ९ध्रुब०, ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित भएको हो । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भएको छ । उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएको हो । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।

Batas

त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएको छ । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरे । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भएको हो । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएको हो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.