www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी सरकारको आर्थिक सहयोगमा नमूना भेटेरिनरी अस्पताल निर्माण हुँदै

तनहुँ

सदरमुकाम दमौलीमा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ । अस्पताल निर्माण पश्चात् तनहुँलगायत तीन जिल्लाका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । तनहुँ, लमजुङ र गोरखा जिल्लाका व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । यसबाट पशुपन्छीको उपचारका लामो दूरी पार गरेर लागि काठमाडौँ, पोखरा र चितवनजस्ता स्थान जानुपर्ने बाध्यतासमेत अन्त्य हुने भएको छ ।

भेटेरिनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हाल पशुविज्ञ केन्द्र भएकै स्थानमा अस्पताल निर्माणकार्य अघि बढाइएको हो । रु १० करोडको लागतमा निर्माण गर्न लागिएको नमूना अस्पताल जिल्लाकै नमूना हुने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

Batas

उक्त रकममध्ये पहिलो चरणमा रु ४ करोड ९० लाख रकम विनियोजन गरी क्रमिक रुपमा निर्माण कामअघि बढाइएको छ । भवन निर्माणको लागि इको बिल्डर्स प्रालि चितवनसँग ठेक्का सम्झौता गरिएको थियो । अस्पतालमा शल्यक्रिया, थेरापी, सघन उपचार कक्ष, युएसजी सेवा र दुई प्रयोगशालासहित २३ वटा कोठा रहने बताइएको छ ।

नयाँ बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवनमा तालिम तथा बैठक कक्ष र पुस्तकालयका अतिरिक्त कर्मचारी आवास कक्ष पनि बनाइने भएको छ । भौतिक संरचना पश्चात् आवश्यकपर्ने उपकरण र दक्षजनशक्तिको व्यवस्था गर्न प्रदेश सरकार समक्ष अनुरोध गरिने उक्त कार्यालयले जनाएको छ ।

तनहुँ जिल्ला हाल मासु, दूध र अण्डामा आत्मनिर्भर हुनाका साथै बाह्य जिल्लामा समेत निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । “नमूना अस्पताल निर्माण पश्चात् पशुपालन किसानले गुणस्तरीय सेवा पाउने भएका छन् ।” उनले भने, “पशुको उपचारका लागि लामो दूरी धाउनुपर्ने समस्या अन्त्य पनि हुने विश्वास गरिएको छ ।”

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.