www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एक दिनमा १० हजार ५७९ नयाँ कोरोना संक्रमित

नयाँदिल्ली, एएनआई

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना संक्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख १० हजार १३३ रहेको छ । यो संख्या कुल संक्रमित भएकामध्येको ०.३२ प्रतिशत मात्रै हो । सक्रिय संक्रमितको संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८६८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । यो संख्या कुल संक्रमितमध्येको ९८.३३ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

Batas

हिजो बिहीबार मात्र कोरोना सङ्क्रमणको कारण ४८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यहाँ हालसम्म ६३ करोड ७१ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २० करोड २७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.