www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बहुमुखीलाई आयोगको शुभकामना-‘शिक्षा र भौतिक पूर्वाधार सशक्त बनोस्’

पाेखरा
ताण्डव न्यूज ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई शिक्षा र भौतिक पूर्वाधारमा सशक्त बन्न सकोस् भन्दै शुभकामना दिएका छन् ।

क्याम्पसको ३५ औं वार्षिकोत्सव एवं नवौं साधारणसभामा प्रमुख अतिथिको आसनबाट बोल्दै प्राडा सुवेदीले क्याम्पस बल्ल आफ्नै संरचनामा उभिन लागेकोमा खुशी व्यक्त गरे । ‘आयोगमा अनुदानका सम्पूर्ण काम प्रक्रियामा छन्’ सुवेदीले भने ‘क्यूएएको कामपनि चाँडै टुंगो लाग्नेछ ।’

Batas

सामुदायिक क्याम्पसकारुपमा पोखराकै पहिलो क्याम्पसले सर्वसूलभ शिक्षामा पु¥याएको योगदानको चर्चा गर्दै उनले क्याम्पसको सञ्चालक समिति क्याम्पस प्रमुख, प्राध्यापक एवं विद्यार्थीलाई आगामी दिनमा थप सफलताको कामना गरे । क्याम्पसमा अब परम्परागत शिक्षण विधिभन्दा प्रविधिमार्फत सिकाउने विधिलाई आत्मसाथ गर्न सुवेदीले अनुरोधसमेत गरे ।

क्याम्पस संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पसको भवनलगायतका संरचना निर्माणमा समितिले दूस्साहस गरेपनि समुदायकै साथले हौसला मिलेको उल्लेख गरे । ‘शून्यबाट सुरु गरेका हौं’ लालचनले सुनाए ‘तर दिनानुदिन व्यक्ति, समुदाय र संघसंस्थाहरुले दिएको सहयोगले हामी उत्साहित छौं ।’ अध्यक्ष लालचनका अनुसार आर्थिक र भौतिक सहयोग आउने क्रम जारी छ । स्मरणीय छ, क्याम्पसको भवन निर्माणार्थ उनै लालचनले ५० लाख ५ रुपैयाँ चन्दास्वरुप रकम उपलब्ध गराई सहयोग संकलनको सुरुवात गरेका हुन् ।

सोही अवसरमा क्याम्पस प्रमुख शिशुकला पराजुलीले वार्षिक प्रगति विवरण पेश गर्दै आगामी शैक्षिकसत्रदेखि क्याम्पसले नयाँ भवनबाट कक्षा संचालन गर्ने जानकारी दिइन् । निर्धारित समयमै निर्माण कार्य पुरा हुने उल्लेख गर्दै प्रमुख पराजुलीले पढ्ने चाहना लिएर आउने कुनैपनि विद्यार्थीलाई क्याम्पसले हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमकै दौरान बोर्ड र आन्तरीक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्तिद्वारा सम्मान गरिएको छ । साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीलाईसमेत पुरष्कृत गरिएको छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक महेन्द्र रिमालले गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.