www.tandavnews.com
Fact ~ In search of truth

एसओएसद्वारा ४ बालबालिकाको उद्धार

तम्घास

गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो ।

मदाने–५ मलायगिरीका चार वर्षीय बालक कुलदीप र १३ वर्षीया बालिका लक्ष्मी विक चार वर्षदेखि अभिभावकविहीन थिए । मालिका–३ ह्वाङदीका पाँच वर्षीय सन्दीप र तीन वर्षीय प्रदीप घर्ति मगर १४ महिनादेखि अभिभावविहीन भएका थिए । लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसँग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेस भएको थियो ।

Batas

बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसोएसमा बालबालिका भर्ना गरिएको इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिए । मदानेका दुई दिदीभाइ गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाइ वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गरेको हो । एसोएस भैरहवाको टोलीले कात्तिक ११ गते गाउँ आएर बालबालिकाको वास्तविक अवस्थाको प्रतिवेदन बनाएको थियो ।

प्रतिवेदनका आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिए । भर्ना भएकामध्ये दिदी लक्ष्मी विक काठमाडौं होटलमा काम गर्थिन् । ढकालले अभिभावकविहीन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसोएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताए । एसोएसको सिद्धान्तमा पनि भाइबहिनीलाई छुटाउन नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकामा ढकालले खुसी व्यक्त गरे ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.