www.tandavnews.com
Fact ~ In search of truth

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भाइरस

ढाका ।
बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिएका हुन् । उनले दुई जनामा यो सङ्क्रमण पाइएको जानकरी दिए ।

उनका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो सङ्क्रमण भेटिएको जनाएको छ । स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको हो । यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो ।

भारतमा सुरुका भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो । यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ ।

Batas

रासस/सिन्ह्वा

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.