www.tandavnews.com
Fact ~ In search of truth

श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने

कोलोम्बो, सिन्ह्वा

श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताए ।

यहाँको सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने र यसबाट आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ । यहाँका मुख्य आम्दानी पर्यटन नै हो । तर पनि कोभिड १९ को प्रभावका कारण पछिल्ला वर्षमा यहाँ पर्यटक नै पुगेका छैनन् ।

Batas

यसरी यहाँको डुब्न लागेको पर्यटन बजारलाई पुनस्थापना गर्नका लागि यहाँको सरकारले सो योजना बनाएको बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.