www.tandavnews.com
Fact ~ In search of truth

घट्यो सुनको मूल्य, बढ्यो चाँदी

काठमाडौँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ यसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २४५ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.