www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस महाधिवेशनः दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् ।

Batas

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.