www.tandavnews.com
Fact ~ In search of truth

‘सेन्चुरी ल्होसार’ मेलाको तयारी पूरा

अर्जुन गाहा (सुशान्त)

पोखरा, ताण्डव न्यूज

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

Batas

सेन्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आईतबार) ११ गते देखि १४ गते सम्म सञ्चालन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ ।

महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल प्रतियोगिता र बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार भलिबलतर्फ १२ टिम र बास्केटबलतर्फ १४ टिमले दर्ता गरिसकेको बताए । दुवै प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्नेछन् । यसैगरी द्धित्तिय र तृतीय स्थान हाँसिल गर्ने टिमहरुले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश १५ हजार र ८ हजारबाट पुरस्कृत हुने छन् ।

मेलामा तमु समुदायको मौलिक खेलको रुपमा लिईने छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता तथा मेच घुमाई प्रतियोगिता समावेश गरिएको सल्लाहकार गुरुङले बताए । उनले मेला अवधिभर बेलुकीपख स्थानीय क्लबद्वारा साँस्कृतिक नृत्य प्रस्तुत गरिने गुरुङले जानकारी दिए । सो मेलाको समुद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.