www.tandavnews.com
Fact ~ In search of truth

पर्यटक ठगिएको गुनासो आए तुः कारवाही गर्छाैँ: संयोजक भट्टराई

पोखरा
ताण्डव न्यूज ।

पोखरामा यतिबेला महोत्सवको मौसम सुरु भएको छ । सडक महोत्सवसँगै पोखरामा आयोजना हुने अन्य महोत्सवको मिति सार्वजनिक भएका छन् । आगामी पुष २८ देखि माघ ९ गते सम्म ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नारा सहित युनाईटेड क्लब पोखराले आयोजना गर्ने पोखरा महोत्सवको तयारी थालेको छ ।

नेपालकै ईतिहासमा फरक र विशेष महत्वका साथ लिईने रेष्टुरेण्ट एण्ड बार एशोसियसनले आगामी १५ देखि १७ गते सम्म २३ औं संस्करणको सडक महोत्सवको आयोजना गर्दैछ । कोभिडका कारण थलिएको पर्यटन चलायमान बानउने उद्देश्य सहित रेवानले आयोजना गर्ने सो महोत्सवको पेरिफेरीमा रहेर महोत्सव संयोजक नरेश भट्टराईसँग तण्डव न्यूजका अर्जुन गाहा (सुशान्त)ले संवाद गरेका छन् ।

Batas

– महोत्सवको तयारी कुन चरणमा पुगेको छ ?

तयारी लगभग सकियो भन्नुपर्याे । दोहोरी, लाईभ व्याण्डहरु, विभिन्न ११ जिल्लाबाट ल्याउने झाँकीहरु, स्टलहरु, हस्तकलाका सामाग्रीहरु सबै व्यवस्थापन भैसकेछ । तयारी अन्तिम चरणमा पुगिसकेको छ । १५ गते ओपनिङको लागि निमन्त्रणा मात्रै दिन बाँकी छ अरु सबै काम सकिसक्यौ ।

–अपेक्षा कस्तो छ ?

राम्रै अपेक्षा छ हाम्रो किनभने २१ औं सम्म आउँदा महामारी थिएन । २२औं मा महामारी थियो गर्ने कि नगर्ने भन्ने दोधार थियो । हामी थलिएको ९ महिना भएको थियो । स्थानिय निकाय, सरोकारवालाहरुसँग सल्लाह गरेर गर्याै त्यो बेलाको केही रिभाईभ हुन सहयोग पुग्यो त्यसपछि उर्जा मिल्यो । अहिले त सबै क्षेत्र खुलिसकेका छन् । त्यसैले राम्रै अपेक्षा छ र हौसिएका पनि छौ ।

–विभिन्न समुदायको संस्कृति झल्किने झाँकीहरु पनि देख्न पाईन्छ ?

आन्तरिक पर्यटकलाई चयालमान बनाउनका लागि संस्कार, संस्कृति देखाउन पर्छ भन्ने थिम हाे हाम्राे ।  त्यही हिसाबले अगाडी लागेका छौँ । गण्डकी प्रदेशका ११ जिल्लाबाटै झाँकीसहित आउनुहुन्छ ।

–महोत्सवमा विदेशीलाई चिनो पनि त होलानी ?

नेपालमै उत्पादन भएका हस्तकलाका चिजहरु, जसलाई विदेशीले किनेर लगे भने अर्थतन्त्रमा टेवा पुग्यो नित प्रवद्र्धन भयो नि त । त्यसले उत्पादन बढ्ने भो । त्यसैगरि म्युजिक भयो नेपाली बहुजातिय कला संस्कृतिको प्रस्तुती पनि समावेश छन् । र फरक समुदायको संस्कार झल्कने झाँकीहरु त छदैछन् ।

–आन्तरिक र बाह्य पर्यटक मध्ये पर्यटन प्रवद्र्धनमा कसकाे बढि भुमिका रहन्छ ?

आन्तरिक र बाह्य पर्यटकको भुमिका उत्तिकै छ । पहिले पहिले नेपाली पर्यटक नै होईनन् भनिन्थ्यो । विदेशी मात्रै पर्यटक हुन् भन्ने चलन थियो । पहिला औलामा गन्ने होटलहरु मात्रै थिए । त्यही अनुसारका रुमहरु मात्र हुन्थे त्यसले गर्दा पनि बाह्य पर्यटकहरु मात्रै प्राथमिकता दिने चलन थियो । तर अहिले देशको अर्थतन्त्रमा टेवा पुर्याउने भनेकै आन्तरिक पर्यटक नै हुन् । यतिमात्रै होईन नेपालीले विदेशीले भन्दा धेरै खर्च गर्छन । एउटा विदेशीले आर्थिक योजना बनाएर आउँछ । तर नेपालीहरु घुम्न हिडेपछि खुलेरै मज्जाले खर्च गर्ने चलन बढेको छ । त्यसले पनि आन्तरिक पर्यटकले पनि पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याईराखेको देखिन्छ । तर दवै पर्यटकको महत्व छ नै ।

– महोत्सवको समयमा कालोबजारी हुन्छ भन्छन् नी ?

विगतमा यो नभको होईन भकै हो भन्छौ हामी । सबै विज्नेसहरु नेपाल सरकारमा दर्ता छैनन् । पश्चिमाञ्चल होटल संघमा करिब ४ सय होटल दर्ता छन् । पोखरामा ८ सय बढि होटलहरु पुगिसके । यस्तै रेवानको हकमा १ सय वटा मात्रै रेष्टुरेण्टहरु दर्ता छन् । बाँकी दर्ता छैनन् । दर्ता गर्ने त राज्यको काम हो हाम्रो त पाटो होईन । समस्या त्यहाँबाट आईराछ । दर्ता भकोबाट समस्यै छैन । हाम्रो फिक्स रेट हुन्छ । त्यो भन्दा दायाबाया चल्न मिल्दैन । हामी यहाँको प्रशासनसँग मिलेर अनुगमन समिति नै बनाएर लागेका छौँ । यदि कुनै ग्राहक पर्यटक ठगिनुभयो भने त्यो बिल ल्याएर गुनासो गर्नु भो भने हामी त्यही नै कारवाही गर्ने भनेर लागेका छौँ ।

–भीडभाड बढ्छ, सुरक्षा व्यवस्थापन कस्तो छ ?

हामी सुरक्षाको क्षेत्रमा पनि एकदम सिरियस छौ । जिल्लाका सुरक्षा निकायसँग मिटिङ बसिसकेका छौ । हामीले यसपटक प्राईभेट २ कम्पनीबाट सेक्युरेटी हायर गरेका छौ । त्यसैगरि स्वयमसेवक तथा नेपाल प्रहरीको टोलीले निगरानी गर्छ । त्यसमा पनि सशस्त्र प्रहरी बलको सहयोग मिल्छ । कुनै पनि घटना नहोस भन्ने उद्देश्य सहित माईकिङ गर्ने गर्छाै । त्यसैगरि लेकसाईडमा हरेक ३ किलोमिटर दुरीमा सिसिटिभी पनि छ । त्योबाट पनि मनिटरिङ गर्छाै । यदि कुनै घटना भैहाल्यो भने त्यही अनुसार चोक चोकमा एम्बुलेन्स र प्रहरी भ्यानहरु तैनाथ रहनेछन् ।

–कोभिडको अझै पनि त्रास छ, यत्रो मानिसको जमघटले प्रभाव नपार्ला ?

अहिले कोभिडको महामारीमा पनि महोत्सव गर्दै छौँ त्यसैले हेल्थको प्रोटोकल अनुसार नै महोत्सव स्थलमा जो आउनुहुन्छ, स्वदेशी होस या विदेशी उहाँहरुलाई पनि खोपको व्यवस्था गरेका छौ । १५ र १६ गते विहान ११ बजे देखि ४ बजेसम्म खोप उपलब्ध गराउछौँ । त्यसैगरि एन्टिजेन पनि टेस्ट गर्छाै । बाई चान्स उहाँहरुलाई कोभिड देखियो भने एम्बुलेन्स मार्फत अस्पताल पठाउने प्रबन्ध पनि गरेका छौँ । पछिल्लो समय प्राय खोप लगाईसकेको अवस्था छ । मास्क त सबैलाई अनिवार्य प्रयोग गराउनेछौँ ।

– न्यू ईयर ईभमा स्टेज क–कस्ले तताउँदैछन् ?

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने हाम्रो नारा नै छ । त्यसैले स्टेज बाहिर माहौल सडकमै तात्छ । विभिन्न समुदायको संस्कृति झल्कने नृत्यहरु सडकमै देख्न पाईन्छ ।  स्टेजमा १२ बजे सम्म बेलुकी विपुल क्षेत्री र समीर घिसिङ (भिटेन) को प्रस्तुती रहनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.