www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री पोखरेलद्वारा ल्होसारको शुभकामना

पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गरेका छन् ।

गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध समुदायले मनाउने पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने बताए ।

Batas

बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता रहेको र गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यो पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको भनिएको छ ।

गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन रहेको र यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन रहेको उल्लेख गर्दै सन्देशमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको जनाइएको छ । यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने मुख्यमन्त्री पोखरेलले भनेका छन् । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.