www.tandavnews.com
Fact ~ In search of truth

धेरै शुल्क माग गर्ने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा धेरै शुल्क माग गर्ने मेडिकल कलेजहरुलाई कानुन बमोजिमका कारबाही गर्न गृहमन्त्रालयले जिल्ला प्रशाशन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कतिपय मेडिकल कलेजले आयोगले तोकेको भन्दा धेरै शुल्क उठाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

Batas

मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयहरुले कारबाहीको प्रकृया अघि बढाएका छन् । कलेजले अतिरिक्त शुल्क माग गरेको बारे लिखित उजुरी आएमा ठगी अर्न्तर्गत मुद्दा चलाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

सो कार्यालयले मोरङका नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन पत्राचार पनि गरेको जनाएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.