www.tandavnews.com
Fact ~ In search of truth

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न विद्यालय व्यवस्थापन समितिको आग्रह

काठमाडौँ
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड– १९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा यही पुस २७ दखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।

बालबालिकाहरु लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुलाई महासंघले आग्रह गरेको छ । सिकाइ निरन्तरताका लागि वैकल्पिक सिकाइ गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारको ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक हुनुपर्ने महासंघले माग गरेको छ ।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.