www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे-२ सार्दीखोलाका ४० जना काँग्रेसमा प्रवेश, ईश्वर परियारको नेतृत्वमा दलित संघ गठन

कास्की ।

माछापुच्छ्रे गाउँपालिका-२ सार्दीखोलाका ४० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रममाबिच क्षेत्र नं ३का सभापति मनोज गुरुङ,सांसद शारदा पौडेल, क्षेत्र नं ३ दलित संघका सभापति उदय कुमार नेपाली र माछापुच्छ्रे -२का सभापति गणेश आचार्य लगायतले उनिहरुलाई स्वागत गरे ।

पार्टी प्रवेशसँगै वडामा दलित संघ गठन गरिएको छ । संघको सभापतिमा इश्वर परियार(लामा), उपसभापतिमा माया विक,सचिव मनोज परियार, उपसचिव उमा विक र कोषाध्यक्षमा उषा विक चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रेम बहादुर विक, लक्ष्मण विक, उजित विक, चस्मा कुमारी विक, अर्जुन परियार, सुर्य विक, जिवन परियार र सुर्य परियार छन् ।

Batas

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रिय सभापति गुरुङले काँग्रेस दलितहरुको हकहितका लागि अग्रणी भुमिकामा रहँदै आएको बताए । पुख्र्यौली पेशामा मात्रै नअल्झिएर समयानुसार सिप र व्यवसायमा लग्नुपर्नेमा उनको जोड दिए ।

कार्यक्रमका सभापति समेत रहेका आचार्यले दलितहरुको उत्थानका लागि ब्यक्तिगत र पार्टीको साथ रहने प्रतिबद्धता गरे । आगामी दिनहरुमा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउँदै आचार्यले आवाजलाई थप शसक्त र प्रभावकारी बनाउन आग्रह गरे ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.