www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन ।

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीन वटा एक्स्काभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए । झन्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताउनुभयो । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।

Batas

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.