www.tandavnews.com
Fact ~ In search of truth

‘युवा परिषद्’बारे गरिएको निर्णय विचाराधिन नभए ‘नोट अफ डिस्सेन्ट’: वडाध्यक्ष बास्तोला

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगर युवा परिषद् गठन प्रक्रिया नियम संगत नभएको भन्दै वडा नं ४ले आपत्ति जनाएको छ । हालै सम्पन्न ५३औँ कार्यपालिका बैठकमा परिषद्लाई पुर्णता दिने सम्बन्धी प्रस्तावमा वडा नं ४का अध्यक्ष शंकर बास्तोलाले आपत्ति जनाएका हुन् ।

परिषद् गठनका लागि महानगरका ३३ वटै वडाबाट सदस्य मनोनयन हुनुपर्ने प्रावधान छ । विधिअनुसार प्रक्रिया अघि नबढेकाले मनोनयनमा सहभागी नभएको वडाध्यक्ष बास्तोलाले बताए । परिषद् गठनबारे कार्यपालिकाको निर्णय विचाराधिन नभए आगामी बैठकमा ‘नोट अफ डिस्सेन्ट’ रहने उनको भनाई छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.