काठमाडौं , ताण्डव न्यूज।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । शुक्रबार भर्चुअल माध्यमबाट बस्ने बैठकमा स्थानीय निर्वाचनबारे धारणा तय गरिने काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
‘कोभिडप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको हो’, महामन्त्री थापाले भने । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दैछन् ।
© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.