www.tandavnews.com
Fact ~ In search of truth

आर्मीलाई हराउँदै मनाङ फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

पोखरा
ताण्डव न्यूज ।

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।

पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा भने मनाङले जित निकाल्यो ।

Batas

पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे। तर, विश्व अधिकारी ले भने पोस्टको सहि दिशा दिन सकेनन ।
यता आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे । दिपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।

पेनाल्टी अघि दुबै टोलीले पाएको मौकाको सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा मनाङले पाएको पेनाल्टीको मौकालाई कप्तान विमल रानाले चुकाए । पेनाल्टी प्रहार गर्न गएका उनले पोष्टको माथिल्लो दिशाबाट बल बाहिर पुर्याईदिएका थिए । आर्मीका डिफेन्डर युद्द शाहीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

अब मनाङले फाइनलमा शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.