www.tandavnews.com
Fact ~ In search of truth

मौसम अपडेटः पश्चिमी वायुको प्रभाव बढ्ने

काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव चार र अधिकतम १७ डिग्री सेल्सियस रहेको छ ।

Batas

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातिमा पनि प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.