www.tandavnews.com
Fact ~ In search of truth

युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

किभ ।

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उनिहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । उनिहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो ।

साथै युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि उहाँहरुका बीचमा कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जानकारी दिएको छ । सो भेटवार्तापछि उहाँहरुद्धारा जfरी गरिएको संयुक्त प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महंगो पर्न जाने उल्लेख गरिएको छ ।

Batas

रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ । यसैकारणले बेलायत र अमेरिकाले आफ्ना दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । तर सो कार्यको रुसले भने खण्डन गर्दै आएको छ । रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ ।

रासस/सिन्हवा
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.