www.tandavnews.com
Fact ~ In search of truth

निर्माण सम्झौताको २ वर्ष पछि बल्ल ढलान भयो फिर्के पुल

पोखरा
ताण्डव न्युज ।

पुल निर्माण सम्झौता भएको दुई वर्षपछि फिर्केखोलाको पुलको ढलान कार्य बल्ल सुरु भएको छ । संघीय सरकारको ७० र महानगरको ३० प्रतिशत विनियोजित बजेटलाई सम्झौता अनुसार चालु गर्न नसक्दा उक्त पुल निर्माण कार्यले ढिला भएको थियो ।

पुलको तनावको काम सकिएको पोखरा–४ वडाअध्यक्ष शंकर बास्तोला बताउँछन् । ‘ मुख्य पाटो सकियो । दायाँवायाँ अलिकति पर्खाल लगाउन बाँकी छ,’ उनले भने, ‘ पुल निर्माण सुरु गरेको केही महिनापछि नै कोभिडले कामलाई बाधा पु¥यायो र पछि प्राविधिक समस्याले ढिला हुन पुग्यो ।’

Batas

१५ मिटर लम्बाई र दुई तर्फ फुट ट्रयाक सहित ११ मिटर चौडाईको आरसीसी टि बिम पुल निर्माण हुन लागेको हो । ‘पैदलयात्रीलाई परेको समस्या हामी महशुस गर्छौं । तोकिएको समयमा भ्याइएन,’ उनले भने, ‘अब पुलको समस्या सकिन लागेको छ । फागुनमा पुल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । निर्माण टिम सोही अनुसार लागि परेको छ ।’ पुलको मुख्य काम सकिएको हुँदा निर्माण कम्पनीले ढिलासुस्ती गरेपनि माटो हालेर भएपनि साना गाडि कुदाउन सकिने बास्तोलाले बताए ।

२०७६ भदौ १ गते पोखरा महानगरपालिका र शान्ति आरोग्य जेभी सानेपा (निर्माण व्यवसायी) बीच २०७७ मंसिर ५ गतेभित्र आर्क पुल निर्माण गरिसक्नुपर्ने गरी ४ करोड ५५ हजार ८ सय ३ रुपैयाँ ७२ पैसामा सम्झौता भएको थियो ।

सम्झौता रकम ४ करोड भएपनि महानगरको रेडबुकको शिर्षक नम्बर ३१ हजार १ सय ५१ मा ३ करोड ३९ लाख ६६ हजार बजेत विनियोजन गरिएको उल्लेख छ । सम्झौता अनुसार २०७७ मंसिर ५ गते पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नी थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.