www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस अरु दलसँगै मिलेर चुनावमा जानुपर्छ :नेता पौडेल

पोखरा
ताण्डव न्यूज ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

पोखरामा आज नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालय उद्घाटन गर्दै नेता पौडेलले गठबन्धन गरेर मात्र काँग्रेसले चुनावमा आफ्नो उपस्थिति बलियो बनाउन सक्ने बताए । काँग्रेससँग ३० प्रतिशत मात्र जनमत भएको भन्दै नेता पौडेलले एक्लै चुनावमा जाँदा चुनावमा फेरिपनि अन्य दलहरु नै हावी हुने कुरा भुल्न नहुने बताए ।

Batas

एक्लै चुनाव लडेर जित्ने ठाउँमा काँग्रेस एक्लै चुनावमा गएपनि कमजोर भएको ठाउँमा मिलेरै चुनाव जित्नु बुद्धिमानी हुने उनको भनाई छ । संविधानले व्यवस्था गरेको निर्वाचनको मोडल नै एकल बहुमत आउने प्रकारको नभएको भन्दै नेता पौडेलले मिलेर जानुको विकल्प नभएको बताए । अन्य थुप्रै विकशित मुलुकमा समेत गठबन्धन गरेर चुनावमा जाने दृष्टान्त उनले दिए ।

नेता पौडेलले गण्डकी प्रदेश केन्द्रबाट सँधै ठगिएको समेत बताए ।

सो अवसरमा बोल्दै काँग्रेस उपसभापती धनराज गुरुङले काँग्रेसले निष्ठाको राजनीति हराउँदै जान थालेको तर्फ सचेत रहनुपर्ने बताए । उनले पार्टीका अग्रज नेताहरुका विचार र सिद्धान्तलाई भुल्न नहुने धारणा राखे ।

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रिय सदस्यहरु, प्रदेशका पदाधिकारीहरुले पनि बोलेका थिए ।

गण्डकी प्रदेशको कार्यालय पोखराको तेर्सापट्टीमा स्थापना गरिएको छ । पार्टी कार्यालयको स्थापना संगै संस्थागत रुपमा पार्टीका कामहरुलाई अघि बढाउन सहज हुने गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले बताए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.