पोखरा
ताण्डव न्यूज ।
नेपाल विद्यार्थी संघ कास्की अध्यक्षको जिम्मेवारी विक्रमादित्य सिंह गिरीलाई दिइएको छ । नेविसंघ केन्द्रिय सह महामन्त्री ईश्वर बहादुर विष्टद्धारा हस्ताक्षरित पत्रमा गिरीलाई अध्यक्षको जिम्मेवारी दिइएको जनाइएको छ ।
विष्टलाई केन्द्रिय समितिले प्रतिनिधिको रुपमा कास्की जिल्लामा खटाइएको थियो ।

‘संघका गतिविधि अगाडी बढाउन संघको विधान २०२७ को छैटौं संसोधन २०७३ बमोजिम यथाशिघ्र उक्त जिल्ला अध्यक्षका अधिवेशन सम्पन्न गर्नका लागि तपाई श्री बिक्रमादित्य सिंह गिरी ज्यूलाई कास्की जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको व्यवहोर जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ ।
जनप्रीय बहुमुखी क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेका गिरी, संघकै जिल्ला सदस्य हुँदै सह सचिव र सचिवको जिम्मेवारी बहन गरेका थिए ।
उनि नेपाली कांग्रेस कास्कीका क्षेत्रीय प्रतिनिधि पनि हुन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.