www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः इन्सपेक्टर कुँवर ‘पुलिस अफ द मन्थ’

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हरेक महिना प्रोत्साहान स्वरुप प्रदान गर्दै आएको ‘पुलिस अफ दि मन्थ’ को उपाधिबाट वडा प्रहरी कार्यालय रामबजारका ईन्चार्ज प्रहरी निरिक्षक विक्रम कुँवर पुरस्कृत भएका छन् । आफ्नो वडामा शान्ति सुरक्षा, लागुऔषध रोकथाम तथा नियन्त्रण तथा अपराध अनुसन्धान लगायतको विषयमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कुँवर पौष महिनाको ‘पुलिस अफ द मन्थ’ बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक मुकेश न्यौपानेका अनुसार पोखरा विमानस्थलका ईन्चार्ज प्रहरी निरिक्षक हरिओम खड्का, वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरिक्षक श्याम थापामगर, मेट्रो ५/४ का प्रहरी नायव निरिक्षक पदमपाणी गौतम, विरेठाटी चौकीका प्रहरी सहायक निरिक्षक कमल बहादुर केसी, प्रहरी हवल्दार काले परियार जवान तुकमान पुन, रामसिं नगाल र पिरम दर्जी, यसैगरि एयपोर्टमा कार्यरत प्रहरी हवल्दार कुमारी खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान विमल सापकोटा पुरस्कृत भए ।

Batas

उनीहरुलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरे । एसपी थापाले पुरस्कृत प्रहरी सिनियर तथा जुनिएर कर्मचारीलाई बधाई दिदै आगामी दिनमा थप उत्कृष्ट कार्य गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

उत्कृष्ट कार्यसम्पादनले दिलायो पुरस्कार

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक मुकेश न्यौपानेले प्रदान गरिएको जिम्मेवारीलाई सहजै वहन गर्दै कर्तव्यनीष्ठ तवरले विवादरहित उत्कृष्ट सम्पादन गरेको भन्द प्रोत्साहान स्वरुप पुरस्कृत गरिएको बताए ।

ईन्सपेक्टर न्यौपानेका अनुसार पोखरा विमानस्थलका ईन्चार्ज प्रहरी निरिक्षक हरि ओम खड्काले एयरपोर्टको शान्ति सुरक्षासँगै भिआईपी तथा भिभिआईपीको सुरक्षा र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत बने । यसैगरी वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरिक्षक श्याम थापामगरले आफ्नो क्षेत्रमा हुने घटनाको छिटो रेस्पोन्स र पाएको जिम्मेवारी त्रुटी तथा विवाद रहित सम्पन्न गर्न सफल रहेको भन्दै पुरस्कृत बने ।

त्यसैगरी कास्कीको कुल ९ वटा मेट्रोमध्ये सबैभन्दा राम्रो काम गरेको भन्दै मेट्रो ५/४ (चिप्लेढुङ्गा) को कमाण्ड सम्हालेका प्रहरी नायव निरिक्षक पदमपाणी गौतम पुरस्कारको हकदार बने । बाग्लुङमा हत्या गरि फरार रहेको अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै विरेठाटी चौकीका प्रहरी सहायक निरिक्षक कमल बहादुर केसी, प्रहरी हवल्दार काले परियार जवान तुकमान पुन प्रमाणपत्र सहित नगद सहित पुरस्कृत भए ।

यसैगरी पोखरा महानगरपालिका ८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी भाग्दै गर्दा पक्राउ गरेको भन्दै प्रहरी हवल्दार रामसिं नगाल र पिरम दर्जी पुरस्कृत भए । यसैगरि एयपोर्टमा कार्यरत प्रहरी हवल्दार कुमारी खड्काले ईमान्दारीपूर्वक त्रुटीरहित कार्यसम्पादन गरेको भन्दै पुरस्कार प्राप्त गरे ।

विभिन्न मितिमा हराएका दुईवटा मोटरसाईकल फेला पारेको, त्यसैगरी हिट एण्ड रनमा पनि क्वीक रेस्पोन्स गर्ने र अनुशासित तवरले कार्यसम्पादन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान विमल सापकोटा पुरस्कृत भएका थिए ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.