www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आजदेखि निशुल्क रगत सेवा

क्षमता अनुसार जिम्मेवारी वहन गर्छाैः मुख्यमन्त्री पोखरेल

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज देखि निशुल्क रगत तथा रक्तजन्य सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको क्याविनेटबाट निर्णय भए अनुसार स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको नेतृत्वमा आज (फागुन १) देखि प्रदेशभर रगत तथा रक्तजन्य सेवा निशुल्क सुरु गरेको हो ।

पोखरा महानगरपालिका १६ की ६६ वर्षीया मनकुमारीको शल्यक्रियाका लागि गण्डकी प्रदेशका मुख्यमन्त्तत्री कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङकी छोरालाई ब्लडब्याग हस्तान्तरण गरी निशुल्क रगत सेवाको शुभारम्भ गरे । साथै मुख्यमत्री पोखरेलले गण्डकी प्रदेशको ‘स्वास्थ्य नीति २०७८’ सार्वजनिक गरे ।

Batas

सोही अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारले क्षमता अनुसार जिम्मेवारी वहन गर्ने मुख्खमन्त्री पोखरेलले बताए । ‘अहिलेको संविधानले प्रष्ट भनेको छ । स्वास्थ्य सरकारकै जिम्मा हो । अन्य मौलिक अधिकारका साथसाथै स्वास्थ्यमा पहुँच र उपचार प्रत्येक नागरिकको अधिकारको रुपमा स्थापित गरेको छ, उनले भने, ‘कार्यान्वयनको सन्दर्भमा गण्डकी प्रदेश सरकार आफ्नो क्षमता, हैसियतका आधारमा हामी जनताको विचमा त्यो सेवा दिन चाहान्छौ ।’

उनले नागरिकको स्वास्थसँग प्रदेश सरकार संवेदनशिल भएको उल्लेख गर्र्दै भने, ‘हामीहरु मानवताको सवालमा नागरिकको स्वस्थ्यको सवालमा हामी संवेदनशिल छौ ।’

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा करिब साढे ५ सय मृगौला पिडितहरु रहेको बताउदै १ सय ७५ जनालाई सेवा दिन सक्ने क्षमता रहेको बताए । ‘हाम्रो प्रदेशमा लगभग साढे ५ सय मृगौला पिडितहरु जो डायलोसिसमा जानपर्ने बिरामीहरु हुनुहुन्छ । अहिलेको क्षमता भनेको १ सय ७५ लाई मात्र सेवा दिन सकिन्छ, उनले भने, ‘बाँही अरु लाईनमा बस्नुपर्ने, वैकल्पिक रुपमा खर्च गर्नुपर्ने परिस्थिति रहेको भन्ने बुझेका छौ । यस विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयले त्यसलाई अध्ययन गरेर अगाडी बढिरहेको छ ।’

उनले आजबाट प्रदेशभर निशुल्क रगत तथा रक्तजन्य सेवा प्रदान भैसकेको बताउदै भरतपुरको क्यान्सर अस्पतालसँग यही सातामै सम्झौता गर्न निर्देशन दिए । ‘मैले क्याविनेटको निर्णयपछिनै भनेको हुँ कि विपी कोईराला क्यान्सर अस्पताल भरतपुरलाई आमन्त्रण गरेर यो हप्ता भित्रै सम्झौता गरिदिनुहोला, मुख्यमन्त्री पोखरेलले भने, ‘किनभने सरकारले निर्णय लिईसकेको कुरा छ ।’

स्वास्थ्य तथा जनसँख्या मन्त्रालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार यस प्रदेशमा बार्षिक २८ हजार युनिट रगत आवश्यकता हुदै आएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.