www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे-२ मा काँग्रेसको भातृ संगठन विस्तार

पोखरा
ताण्डव न्यूज ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ मा नेपाली काँग्रेसको भातृ संगठन विस्तार गरिएको छ । गत हप्ता एक कार्यक्रमकाबिच संगठन विस्तार गरिएको हो । माछापुच्छ्रे-२ का वडा सभापति गणेश आचार्यको सभापतित्वमा तरुण दल, महिला संघ र विद्यार्थी संघ गठन गरिएको हो ।

वडाको तरुण दल सभापतिमा भिम बहादुर गुरुङ, उप सभापतिमा विकास गुरुङ र सचिन तामाङ र सचिवमा जिवन गुरुङ सहित १५ सदस्य छन् ।

Batas

यस्तै जमुना गुरुङको अध्यक्षतामा वडामा १४ सदस्यीय महिला संघ गठन गरिएको छ । संघको सचिवमा सशिकला थापा र सहसचिवमा सुष्मा आचार्य र सिता बास्तोला छन् ।

नेपाल विद्यार्थी संघकोे सभापतिमा चन्द्रमान गुरुङ, उपसभापतिमा रुपेश गुरुङ, सचिवमा राजनराज आचार्य र कोषाध्यषमा विश्व गुरुङ चयन भएका छन् ।

कार्यक्रममा क्षेत्र नं क (प्रदेश)का सभापति पुष्पेन्द्र पाण्डे प्रमुख अतिथि, क्षेत्र नं ३ का सचिव तथा माछापुच्छ«े गाउँपालिका, सार्दीखोलाका संगठन विस्तार संयोजक मेख तामाङ विशेष अतिथि र जिल्ला सदस्य लक्ष्मी लम्साल विशेष अतिथि थिए ।

सो अवसरमा माछापुच्छ्रे गाउँपालिकाका काँग्रेस सभापति बिरेन्द्र गुरुङ, उपसभापति मिन बहादुर गुरुङ, पुर्व महाधिवेशन प्रतिनिधि मनबहादुर विश्वकर्मा र प्रदेश प्रतिनिधि गिता क्षेत्री लगायतले पार्टी विस्तारलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । उपस्थितहरुलाई नेता तथा कार्यकर्ताहरुलाई क्षेत्रिय प्रतिनिधि लोक घलेले स्वागत गरेका थिए ।

सो अवसरमा कसेरीका ५ जना युवाहरु काँग्रेस प्रवेश गरेका थिए ।

मृगौला पीडितलाई सहयोग

यस्तै गाउँपालिकाकै सर्दीखोला इकाईले कसेरी टोल बस्ने मृगौला पीडित कमल किशोर गुरुङलाई सहयोग गरेको छ । कार्यक्रमकै अवसरमा गुरुङलाई इकाई समितिले १६ हजार ६ सय १० रुपैयाँ सहयोग गरेको हो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.