www.tandavnews.com
Fact ~ In search of truth

पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी पछाईं प्रथम

पाेखरा ।

पोखरा, ताण्डव न्यूज । १६औँ संस्करणको सफल पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफन कोसागीले जितेका छन् । २ घण्टा १९ मिनेट ३४ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै कोसागीले उपाधि जिते ।

प्रतियोगितामा केन्याकै अर्का धावक सिमोन किप्लाग्टले द्वित्तिय स्थान हासिल गरे । उनले २ घण्टा २१ मिनेट ३ सेकेण्डमा दूरी पूरा गरे । २ घण्टा ३३ मिनेट २४ सेकेण्डमा दूरी पुरा गरेका नेपाल आर्मीका धावक मोहनदेव जोशीले तेश्रो स्थान हासील गरे ।

Batas

त्यस्तै २ घण्टा ३४ सेकेण्ड ४८ सेकेण्डमा म्याराथनको दूरी पूरा गरेका धावक सन्तोष विक्रम विष्ट सान्त्वना भए । उनी शसस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी हुन् ।

त्यस्तै महिला तर्फको हाफ म्याराथनको उपाधि भने नेपाल प्रहरीका धावक राजपुरा पछाईंले हात पारिन् । उनले १ घण्टा २१ मिनेट २६ सेकेण्डमा निर्धारित २१ किलोमिटरको दुरी पूरा गरेकी हुन् । १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा दौड पूरा गरी एपिएफकी बृन्दा श्रेष्ठ दोश्रो हुन सफल हुँदा १ घण्टा ३० मिनेट ४८ सेकण्डमा निर्धारित दूरी पूरा गरेकी जुम्लाकी धावक राममाया बुढाले तेश्रो स्थान हासिल गरिन ।

प्रतियोगितामा बेलायती धावक हेन्ना करस सान्त्वना भईन् । उनले निर्धारित दूरी १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पूरा गरिन् । प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तृतियले एक लाख र सान्त्वनाले रु ३० हजार पाए ।

महिलातर्फका विजेताले नगद एक लाख, उप विजेताले ७५ हजार तृतियले ५० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गरे । विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेश खेलकूद परिषदका सदस्यसचिव तेज गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मनप्रसाद गुरुङ, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने आयोजकले जनाएको छ । प्रतियोगिताका बाँकी ६ वटा इभेन्टहरु भने २०७८ चैत्र १२ गते शनिवार आयोजना गरिने जनाईएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.