www.tandavnews.com
Fact ~ In search of truth

‘क्रस द बोर्डर’मा शुक्रबार अम्बिका प्रसाद पौडेल

पाेखरा ।

होटेल स्नो ल्यान्ड पोखराले नियमित सञ्चालन गर्दै आएको कार्यक्रम “क्रस द बोर्डर“ को यस शृङ्खलामा नेपालको समग्र शेयर बजार विषयमा छलफल गर्ने तयारी भएको छ । कार्यक्रममा शेयर बजारका लगानी कर्ता तथा व्यवसायी अम्बिका प्रसाद पौडेलले, “शेयर बजारको चाल र लगानी व्यवस्थापन“ विषयमा आफ्नो धारणा व्यक्त गर्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यामा निर्वाचित भए पश्चात अम्बिका प्रसाद पौडल शेयर बजार फोरमको सभापतिकाे जिम्मेवारीमा छन् । शेयर बजारमा चर्चित पौडेलले आफ्नो उपस्थिाति पुर्वाधार, पर्यटन, उर्जा लगायतका विभिन्न क्षेत्रहरुमा पनि विस्तार गरिसकेका छन् ।

Batas

शेयर बजारमा करिब २८ वर्ष विताइसकेका पौडेल नेपाल टेलिकमदेखि विभिन्न क्षेत्रका कम्पनीहरुको संचालकको जिम्मेवारीमा पनि छन् । नेपाल सरकारको निजामती सेवामा शाखा अधिकृत भएर करिब ११ वर्ष सेवा गरेका पौडेल पुर्ण रुपमा शेयर बजार प्रवेश गरेसँगै शेयर लगानीकर्ता मात्र सिमित नभई एक उद्यमी नै बनिसकेका छन् ।

होटेल स्नो ल्यान्ड पोखराले विगत लामो समयदेखि आयोजना गर्दै आइरहेको सो कार्यक्रम विगत केही समय यता कोभिडका कारण स्थगन भएको थियो । शुक्रबार आयोजना हुन लागेको सो कार्यक्रम दिउँसो ४ बजे देखि ६ बजेसम्म बाराही चोक स्थित होटेलको सभाहलमा सञ्चालन गरिने छ ।

कार्यक्रममा सहभागी निःशुल्क भएकोले नेपाली शेयर बजार बारे जानकारी लिन ईच्छुक सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन होटेलले आव्हान समेत गरेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.