www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तह निर्वाचन : तनहुँमा २३ राजनीतिक दल दर्ता

तनहुँ 
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनीतिक दल दर्ता भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित १७ अन्य दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्र रुपमा चुनावमा उठ्न सक्ने छन् । राष्ट्रिय मान्यताप्राप्त बाहेक सत्र वटा दललाई उनीहरूको विधानमा उल्लेख भए अनुरूपको चुनाव चिह्न प्रदान गरिने उनले बताए।

Batas

निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतपेटिका ४३, ८० र ८५ लिटर क्षमताका छन् ।

चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालय प्रमुख ढकालले जानकारी दिए । निर्वाचनको लागि जिल्लामा एक हजार ६ सय जनशक्ति आवश्यकता पर्ने बताइएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.