www.tandavnews.com
Fact ~ In search of truth

कास्की २ (ख)मा एमाले कार्यकर्ता तथा जन प्रतिनिधि भेटघाट

पोखरा
ताण्डव न्यूज ।

कास्की २ (ख)बाट गण्डकी प्रदेशबाट निर्वाचित सांसद मिना कुमारी गुरुङले क्षेत्रका अगुवा कार्यकर्ता तथा तथा जनप्रतिनिधिसँग भेटघाट गरेकी छन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दै भेटघाट तथा आफ्नो कार्यकालमा भएका कार्यहरुबारे जानकारी गराएकी हुन् ।

सो क्षेत्रबाट निर्वाचित भइसकेपछि गरेका कार्यहरुबारे उनले एक पुस्तक समेत सार्वजनिक गरेकी छन् ।

Batas

 

कार्यक्रमकी प्रमुख अतिथि एवं नेकपा एमाले सचिव पद्मा अर्यालले प्रदेशमा मात्रै नभएर देशभर पार्टीको माहौल उल्लेखनिय रहेको जनाउँदै एमालेले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य गरेको बताइन् । ‘संघियतापछि धेरै चुनौतीहरु थिए । हामीले सबै कुराको बेस बसाल्नु पर्ने थियो । त्यो भएर पनि हामी कार्यसम्पादनमा उत्कृष्ट छौँ’ उनले भनिन् ।

यस्तै संघिय सांसद विद्या भट्टराईले समृद्धीकालागि सदैव लागिपर्ने प्रतिवद्धता जनाइन् । समृद्ध नेपालका लागि पार्टी प्रतिवद्ध रहेको उनको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेकपा एमाले कास्कीका पुर्व अध्यक्ष कृष्ण थापा, एमाले कास्कीका ईन्चार्ज भिम कार्की लयागतको उपस्थिती रहेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.